GWT ले आफ्नो बजेटको परिधि भित्र रहेर आफ्ना विभिन्न एरिया वेल्फेयर सेन्टरहरुबाट उच्च स्तरको प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य लिएको छ, जस अन्तर्गत Rehabilitaion र Palliative Care समेत समाविष्ट छन्। यसैगरि हाम्रो प्राथमिक स्वास्थ्य सेवाले समेट्न नसक्ने उपचारहरुको हकमा GWT का चिकित्सकहरुले निस्पक्षिय स्वास्थ्य सल्लाह प्रदान गरि रोग अनुसार उचित अस्पतालमा रिफरल गर्नेछन् र बिरामीको आवश्यकता अनुसार सो उपचारमा भएको खर्च रकम फिर्ता पाउनेछन्। हाम्रा भू.पू. गोर्खालीहरुलाई स-सम्मानका साथ जीवन यापन गर्न सहयोग गर्ने बृहत लक्ष्य अन्तर्गतकै एक कार्यक्रम यस मेडिकल सर्भिस रहेको छ।

GWT को मेडिकल सेन्टरहरु कहाँ अवस्थित छन्?

– नेपालका ५ शहरी क्षेत्रहरु (काठमाडौँ, पोखरा, बुटवल, धरान तथा दमक) लगायत ललितपुर स्थित सिंगापुर पोलिक्लिनिकमा एक-एक वटा।

– नेपालकै अन्य १५ बजार क्षेत्रहरु (सुर्खेत, गुल्मी, चितवन, स्याङ्जा, म्याग्दी, तनहुँ, लमजुङ, गोरखा, रुम्जाटार, दिक्तेल, भोजपुर, खाँदबारी, तेह्रथुम, फिदिम र ताप्लेजुंग) मा एक-एक वटा।

– भारतमा बसोबास गर्ने भू.पू. गोर्खालीहरुका लागि दार्जिलिंगमा एउटा।

माथि उल्लेखित वेल्फेयर / मेडिकल सेन्टरहरुको सम्पर्क नम्बर तथा Google Map मा स्थान हेर्न यहाँ थिच्नुहोस्  वेल्फेयर सेन्टरहरुको सम्पर्क नम्बरहरु

यस बाहेक GWT ले पोखरा र धरानमा बृद्ध-बृद्धाहरुका लागि आवाश गृह संचालन गर्दै आइरहेको छ।

GWT ले उपलब्ध गराउने सेवाहरु क-कसले उपभोग गर्न सक्छन्?

GWT का मेडिकल सेन्टरहरुबाट भू.पू. गोर्खालीहरु, वहाँका श्रीमतीहरु या विधवाहरु तथा यो सुबिधा लिन योग्य वहाँका आश्रितहरुले सेवा लिन सक्नु हुन्छ। साथ-साथै ब्रिगेडमा सेवा गरेका केही सिभिलियन कर्मचारीहरु पनि यो सेवा लिन योग्य हुनुहुन्छ भने GWT का सबै कर्मचारीहरुले यो सेवा उपभोग गर्न सक्नु हुन्छ।

GWT को विभिन्न मेडिकल सेन्टरहरुमा (ग्रामिण, शहरी, आवश गृह तथा प्रधान कार्यालय) रहेका स्वास्थ टोलीको संरचना कस्तो हुन्छ?

हाम्रो विभिन्न मेडिकल सेन्टरहरुको प्रकार र कार्यक्षमताको आधारमा कर्मचारी दरबन्दी कायम गरिएको छ। जसअनुसार, शहरी क्षेत्रहरुमा रहेका मेडिकल सेन्टरहरुमा डाक्टरहरु, प्रैक्टिस म्यानेजर, नर्सहरु, फार्माशिस्टहरु, हेल्थ अशिस्टेन्टहरु लगायत करिब १०-१५ जनाको समूह रहन्छ – पोखरा र धरानमा Rehabilitation Therapist हरु र आंशिक रुपमा सेवा दिने Counsellor हरु पनि समावेश हुन्छन्। यस्ता टोली मध्येबाट डाक्टरहरु ग्रामिण क्षेत्रमा रहेका मेडिकल सेन्टरहरुमा खटिएर सहयोग पुर्याइ रहेका हुन्छन्।

यस्तै गरि ग्रामिण क्षेत्रमा रहेका मेडिकल सेन्टरहरुमा औसत २ जना Mobile Health Practitioner (नर्स अथवा हेल्थ अशिस्टेन्टहरु) हुन्छन् जसले GWT का डाक्टरहरुसंग निरन्तर सम्पर्क गरिरहेका हुन्छन्।

हाम्रो आवाश गृहहरुमा Care Assistants तथा नर्सहरुले सेवा दिने गर्दछन्।

यी सबै स्वास्थ टोलीहरुलाई प्रधान कार्यालय पोखरामा रहेका वरिष्ठ डाक्टर, नर्स तथा फार्माशिस्टहरुको टोलिले निर्देशन तथा सहयोग दिइरहेका हुन्छन् भने समय-समयमा सबै मेडिकल सेन्टरहरुको अवलोकन गरि त्यहाँबाट दिइएको सेवाको मुल्यांकन गर्ने र सम्भव भएसम्म सबै मेडिकल सेन्टरहरुमा समान किसिमको कार्य शैली र उच्च स्तरिय सेवाको सुनिश्चितता गर्ने प्रयास गर्दछन्।

GWT मेडिकल सेन्टरहरुमा के-कस्ता सुविधा उपलब्ध हुन्छन्?

शहरी क्षेत्रहरुमा रहेका मेडिकल सेन्टरहरुमा अप्वाइन्टमेन्ट (Appointment) प्रणाली संचालनमा ल्याइएको छ। जस अनुसार आपतकालिन अवस्थामा बाहेक, सेवाग्राहीहरुले मेडिकल सेन्टरहरुमा अग्रिम सम्पर्क गरेर डाक्टरलाई भेट्ने समय तय गर्नु पर्दछ। सामान्यतया, परामर्शको अवधि १० मिनेटको हुन्छ तर रोगको प्रकृति हेरेर जटिल समस्याहरुको लागि भने सो अवधि लम्ब्याउने व्यवस्था गर्न सकिन्छ। यसका साथ-साथै मधुमेह जस्ता दीर्घकालीन रोगहरुको नियमित देखभालको लागि नर्सहरुसंग छुट्टै समय समेत तय गर्न सकिन्छ।

शहरी मेडिकल सेन्टरहरुमा रगतको नमुना संकलन गर्ने (जुन काठमाडौँको प्रयोगशालामा पठाइन्छ), ई.सी.जी. गर्ने, फोक्सोले काम गर्ने क्षमताको परीक्षण गर्ने र अन्य स्वास्थ्य सम्बन्धी आधारभूत छानविन गर्ने गरिन्छ, र नर्सहरुले घाउ वा काटेको ठाउँको सरसफाई, खोप लगाउने इत्यादी सेवाहरु दिन सक्छन्।

हाम्रा सबै मेडिकल सेन्टरहरुमा सुविधा सम्पन्न औषधि भण्डारण गर्ने कोठाहरु छन् जहाँ प्रशस्त मात्रामा GWT को सूचीमा समावेश औषधिहरु राखिन्छन्। डाक्टरले लेखिदिनु भएको औषधिहरु हाम्रा सेवाग्राहीहरुलाई निशुल्क प्रदान गरिन्छ।

शहरी बाहेकका अन्य मेडिकल सेन्टरहरुमा डाक्टरसंग टेलिफोन परामर्श गरे बमोजिम Mobile Health Assistant हरुले बिरामीलाई जाँचेर मुल्यांकन गर्दछन्। वहाँहरुले मधुमेहको जाँच, ई.सी.जी., फोक्सोले काम गर्ने क्षमताको परीक्षण आदि तथा डाक्टरहरुको सल्लाह बमोजिम औषधि प्रदान गर्न सक्दछन्।

हाम्रा सबै मेडिकल सेन्टरहरुले कम्प्युटर मार्फत एउटै स्वास्थ्य रेकर्ड प्रणालीको प्रयोग गर्दछ, जस कारण बिरामीले हाम्रो कुनै पनि मेडिकल सेन्टरहरुमा गएर स्वास्थ्य सेवा लिन सक्नुहुन्छ। हाम्रा कर्मचारीहरुले बिरामीले प्रयोग गरिरहेको औसधिहरु, पहिलेको प्रयोगशालाका नतिजाहरु लगायतका सम्पूर्ण मेडिकल रिकर्ड हेर्न सक्नेछन्। जसका कारण हामीले प्रदान गर्ने स्वास्थ्य सुविधाहरु सुरक्षित हुनुका साथै थप प्रभावकारी हुन्छ।

स्वास्थ्य अवस्थाका कारण घरमै बसिरहनुपर्ने बिरामीहरुको लागि GWT ले आवश्यकता अनुसार वहाँहरुको घरमै गएर समेत सेवा प्रदान गर्दछ भने यसको साथ-साथै wheel chair, hospital bed, oxygen concentrator आदि जस्ता स्वास्थ्य उपकरणहरु समेत प्रदान गर्ने गरिएको छ।

GWT को रिफरल प्रणालीले कसरी काम गर्छ?

GWT मा आउनुहुने सेवाग्राहीहरूलाई हामीसंग उपलब्ध प्राथमिक स्वास्थ्य उपचार सेवा भन्दा थप वा विशेषज्ञ उपचार चाहिएको खण्डमा GWT का डाक्टरले बिरामीको रोगको उपयुक्त अस्पताल वा विशेषज्ञ क्लिनिकमा सिफारिश गर्दछ। GWT ले पहिलेनै मुल्यांकन र लेखा परिक्षण गरि नेपालमा उपलब्ध अस्पतालहरु मध्ये नेपाली परिवेशमा उच्च सेवा प्रदान गर्ने भनि तोकिएको अस्पतालहरुमा मात्र सिफारिश गर्दछ। सिफारिश गरिएको उपचार गर्ने क्रममा भएको सम्पूर्ण खर्चको बिलहरु ३ महिना भित्र बुझाएर खर्च भएको रकम बिरामीले खर्च रकम दावी गर्न सक्नुहुन्छ। (हाल कोरोना भाइरस महामारीको परिस्थितिमा यस व्यवस्थालाई १ जनवरी सन् २०२० साल देखि लागु हुने गरि ६ महिना गरिएको)। उपचार खर्च रू २ लाख भन्दा बढी भएको खण्डमा छुट्टै निवेदन बुझाउनु पर्दछ।

यधपी, कहिलेकाहीं बिरामीलाई आपतकालिन अवस्थामा अस्पताल जानु पर्ने र GWT को डाक्टरसंग सल्लाह लिने समय नभएमा, बिरामी वा वहाँको आफन्तजनहरुले वेल्फेयर सेन्टरका स्वास्थ्यकर्मीलाई सकेसम्म चाँडो सम्पर्क गरि आफू गएको अस्पताल बिरामीमा देखिएको स्वास्थ्य समस्याको लागि उचित ठाउँ हो वा होइन भनि सल्लाह लिन सुझाव दिइन्छ। यसरी सम्पर्क गर्दा पछि गरिने खर्च रकम खर्च रकम दावीका लागि समेत मद्दत हुनेछ।

के GWT ले सर्वसाधारण नेपाली नागरिकहरुलाई कुनै किसिमको स्वास्थ्य सुविधा प्रदान गर्छ?

बेलायती सेनाका गोर्खाली रेजिमेन्टहरु तथा गोर्खा वेल्फेयर ट्रस्टसंग आबद्ध सेवाग्राहीहरुलाई मात्र GWT मेडिकल सेन्टरहरुले आफ्नो सेवा प्रदान गर्दछ।

यधपी, वर्षौदेखि समय समयमा GWT ले संचालन गर्ने निशुल्क स्वास्थ्य शिविरहरु मार्फत सर्वसाधारण नेपाली नागरिकहरुका लागि छोटो अवधिका स्वास्थ्य सेवाहरु प्रदान गर्दै आइरहेको छ। हालसालै हामीले यस सुविधालाई थप परिमार्जित गर्दै सामान्य चिकित्सक परामर्श र औषधि वितरणका साथ-साथै ग्रामिण सरकारी स्वास्थ्य संस्थाहरुसंग सहकार्य गरि त्यहाँ उपलब्ध नभएका विशेष सेवाहरुका लागि सोहि अनुरुप स्वास्थ्यकर्मीहरु खटाई सेवा प्रदान गर्दै आइरहेका छौँ। यस अन्तर्गत हामीले आँखाको मोतीबिन्दु, नक्कली दाँत राखिदिने सहित दाँतको उपचार, नाक-कान-घाँटी तथा कान सुन्न सहयोग गर्ने उपकरणहरु र शारीरिक अक्षमतालाई सहजीकरण गर्ने व्यक्ति बिशेष सामाग्रीहरु समेत यस्ता शिविरहरुमा निशुल्क वितरण गर्दै आइरहेका छौँ। वर्षमा ३ देखि ४ वटा सम्म गरिने यस्ता निशुल्क शिविरहरु संचालन गर्न चुनौतिपूर्ण रहेता पनि दूर्गम क्षेत्रहरुमा रहेको आवश्यकतालाई सहयोग पुर्याउन मद्दत गरेकोमा समुदाय तथा स्थानिय सरकारबाट यस कार्यक्रमले निकै सरहानियता बटुलेको छ।

GWT ले COVID-19 संकट रोकथाम तथा निवारणका लागि के कस्ता कार्य गरिरहेको छ?

नेपाल सरकारले जारी गरेको Lockdown निर्देशनको पालना गर्दै संक्रमण फैलन नदिने हेतुले, अप्रत्यक्षरुपमा टेलिफोन मार्फत् परामर्श गरेर तथा सके सम्म न्यून सम्पर्कमा आउने गरि औषधिहरु वितरण गरेर सेवा दिइरहेका छौँ। कर्मचारीहरुलाई संक्रमणबाट जोगाउन मास्क, पन्जा जस्ता सुरक्षात्मक उपकरणहरु उपलब्ध गराई प्रयोगमा ल्याइएको छ। यसका साथ-साथै रिफरल पछिको खर्च सोध्भर्नाका लागि तय गरिएको ३ महिना भित्र बिलहरु बुझाउनु पर्ने मापदण्डलाई परिमार्जित गरि १ जनवरी सन् २०२० साल देखि पछिको बिलहरुको हकमा लागू हुने गरि ६ महिना कायम गरिएको छ।